ब्राजिलको दक्षिणपूर्वी सहर रियो दि जेनेरियोमा आँधीबेहरीपछि आएको बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ।
आइतबार बिहान आएको आँधीले सहरको उत्तरी क्षेत्रका साथै छिमेकी नगरपालिकाहरू नितरोय, डुक डे काक्सियास, बेलफोर्ड रोक्सो र साओ जोस डे मेरिटीलाई प्रभावित गरेको स्थानीय अधिकारीले जनाएका छन्।
बाढीका कारण सयौँ मानिसले आफ्नो घर खाली गर्नुपरेको दमकल विभागले जनाएको छ। उनीहरूलाई सुरक्षित क्षेत्रमा स्थापना गरिएका शिविरहरूमा राखिएको छ। शिविरहरूको व्यवस्थापनको लागि सुरक्षाकर्मीलगायतका विपद् व्यवस्थापन निकायका अधिकारीलाई खटाइएको छ।
सहरका मेयर एडुआर्डो पेसले आपत्कालीन स्रोतसाधन र बाढीबाट प्रभावित मानिसको हेरचाहका लागि सङ्कटकालीन अवस्थाको घोषणा गरेका छन्।
18
Shares

प्रतिक्रिया