पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन्।
केपीको प्रान्तीय राजधानी सहर पेशावरको रिङरोड क्षेत्र नजिकै एउटा ग्यास सिलिन्डर पसलमा विस्फोट भएको प्रहरीले जनाएको छ।
विस्फोटको कारण भने खुल्न नसकेको बताउँदै प्रहरीले विस्फोटबारे अनुसन्धान सुरु गरेको बताएको छ।
घटनालगत्तै उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ। –एजेन्सी
18
Shares

प्रतिक्रिया