डोनाल्ड ट्रम्पले लेखिका ई जिन क्यारोललाई ८ करोड ३३ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने आदेश एक जुरीले दिएको छ।
क्यारोलले सन् १९९० को दशकमा ट्रम्पले आफूलाई डिपार्टमेन्ट स्टोरमा यौन हिंसा गरेको बताएकी थिइन्।
ट्रम्प राष्ट्रपति भएपछि उनले क्यारोलको मानहानि गरेको जुरीले ठहर गरेको छ।
यो जुरीले कति क्षतिपूर्ति तिराउने भनेर ठहर गर्नुपर्ने थियो।
सात पुरुष र दुई महिला भएका जुरीले शुक्रबार दिउँसो फैसला सुनाएको हो।
रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बन्ने अधिक सम्भावना रहेका ट्रम्पमाथि कयौँ आपराधिक अभियोग पनि छन्।
आदेशपछि ट्रम्पले यो हास्यास्पद भएको बताएका छन्। यसविरुद्ध पुनरावेदन गर्ने उनको भनाइ छ। एजेन्सी
39
Shares

प्रतिक्रिया