ग्लोबल


चन्द्रमामा एक हप्ता बन्द भएपछि ब्युँतियो जापानको ‘ल्यान्डर’

चन्द्रमामा एक हप्ता बन्द भएपछि ब्युँतियो जापानको ‘ल्यान्डर’

नेपालखबर
माघ १५, २०८० सोमबार १३:२७,

जापानले चन्द्रमामा अवतरण गरेको ल्यान्डर एक हप्तापछि ब्युँतिएको छ। विद्युत् आपूर्तिमा समस्या आउँदा यो ल्यान्डर बन्द भएको थियो।

जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सीले ल्यान्डरसँग आइतबार राति सम्पर्क पुनर्स्थापित भएको बताएको छ।

सूर्यको प्रकाश पाएपछि यसको सोलार ब्याट्रीले काम गर्न थालेको एजेन्सीको भनाइ छ।

२० जनवरीमा अवतरण गरेको सो ल्यान्डरको विद्युत आपूर्ति बन्द भएको थियो। किनभने अवतरणका क्रममा सोलार सेल सूर्यभन्दा विपरीत दिशामा फर्केको थियो। त्यसपछि त्यसको ब्याट्री बन्द गरिएको थियो।

जापान चन्द्रमामा अवतरण गर्ने पाँचौँ मुलुक भएको छ। यसअघि अमेरिका, सोभियत संघ, चीन र भारतले यो सफलता पाएका छन्।

यसले चन्द्रमाको उत्पत्तिबारे अध्ययन गर्ने बताइएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad