अर्जेन्टिनी स्टार लियोनल मेस्सीको टोली इन्टर मियामीले क्रिस्टियानो रोनाल्डोको टोली अल नासारसँग लज्जास्पद हार व्यहोरेको छ।
बिहीबार राति साउदी अरेबियामा भएको मैत्रीपुर्ण खेलमा अल नासारले मियामीलाई ६–० को फराकिलो अन्तरले पाखा लगायो।
गएरातिको खेलमा चोटका कारण रोनाल्डो दर्शक दीर्घामा थिए।
उता मियामीका लागि मेस्सीले पनि अन्तिम सात मिनेट मात्र मैदानमा उत्रिए। मेस्सी मैदान आउने बेलामा मियामी ६–० ले पछि परिसकेको थियो।
रोनाल्डो चोटका कारण मैदान बाहिर हुँदा मेस्सीसँगको खेल हेर्न दर्शकको चाहना अधुरै रह्यो।
खेलको पहिलो हाफमा ३–० को अग्रता बनाएको अल नासारले मियामीलाई दबाबमा राख्यो।
अल नासारको जितमा अल नासारका लागि ब्राजिलियन टालिस्काले ह्याट्रिक पूरा गरे।
म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर एमिरिक लापोर्टे, ओटाभियो र मोहम्मद मारनलले समान एक गोल गरे।
Shares
प्रतिक्रिया