ग्लोबल


जब महिलाको झोलाभित्र १३० वटा विषालु भ्यागुता भेटिए...

जब महिलाको झोलाभित्र १३० वटा विषालु भ्यागुता भेटिए...

नेपालखबर
माघ २१, २०८० आइतबार २१:६, काठमाडौँ

कोलम्बियाली प्रहरीले वन्यजन्तु तस्करीको आरोपमा राजधानी बोगोटाको विमानस्थलबाट एक महिलालाई पक्राउ गरेको छ।

महिलाको झोलामा १३० वटा विषालु भ्यागुता भेटिए। ग्रे मार्केटमा यस्तो भ्यागुता को मूल्य १००० डलर छ। कोलम्बियाका अधिकारीहरूले ती भ्यागुताहरूलाई अत्यन्तै कमजोर अवस्थामा राखिएको बताएका छन्।

झोला चेकजाँच गर्दा त्यसमा भ्यागुता फेला परेका हुन्। पानी नहुँदा भ्यागुताको अवस्था राम्रो थिएन। पक्राउ परेकी महिला ब्राजिलकी बासिन्दा हुन् र पानामा हुँदै साओ पाउलो जाँदै थिइन्। 

महिलाका अनुसार यी भ्यागुता उनलाई दक्षिणी कोलम्बियाको एक समुदायले उपहार दिएका हुन्। यिनीहरूलाई हार्लेक्विन फ्रग भनिन्छ, जसलाई पोइजन डार्ट फ्रग पनि भनिन्छ।

यी भ्यागुताको साइज मानिसको औँलाभन्दा सानो हुन्छ। उनीहरुको छालाको ग्रन्थीबाट निकै खतरनाक विष निस्कन्छ। स्थानीयले ती भ्यागुताको छालाको ग्रन्थीमा सुई लगाएर विष निकाल्ने गर्छन्। 

यो विषले साना जनावर मारिन सक्छन्। यी लोपोन्मुख भ्यागुता इक्वेडर र कोलम्बिया बीचको जंगलमा पाइन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad