ग्लोबल


नेपाली मेडिकल परीक्षा प्रणाली अस्वीकार गर्ने नीतिविरुद्ध अमेरिकी अदालतको यस्तो आदेश

नेपाली मेडिकल परीक्षा प्रणाली अस्वीकार गर्ने नीतिविरुद्ध अमेरिकी अदालतको यस्तो आदेश

रासस
फागुन २, २०८० बुधबार १७:३, काठमाडौँ

नेपाली चिकित्सक परीक्षार्थीहरुमाथि अमेरिकाको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (यूएसएमएलई) ले गरेको निर्णयका विरुद्धमा वासिङ्टन डिसीस्थित सङ्घीय अदालतले प्रश्न उठाउँदै बयानका लागि बोलाएको छ। 

अदालतले सो संस्थालाई फेब्रुअरी १८ भित्र बयानका लागि उपस्थित हुन आदेश दिएको हो। नेपाली चिकित्सक विद्यार्थीहरुका तर्फबाट नेपाली चिकित्सक परीक्षार्थीहरुको एक समूहले दायर गरेको मुद्दामा न्यायाधीश रुडोल्फ कोन्त्रेरसले सोमबार सो आदेश जारी गरेको अमेरिकास्थित एक चिकित्सकले जानकारी दिए। 

अमेरिकामा ‘रेजिडेन्सी डाक्टर’ बनेर काम गर्दै पढ्न आएका नेपाली डाक्टरहरुको नेपालको परीक्षा र नतिजाका बारेमा सो संस्थाले प्रश्न उठाउँंदै उनीहरुलाई अयोग्य भएको निर्णय समेत गरेको थियो। सो निर्णयबाट अमेरिकामा सन् २०२२ यता काम गर्दै र पढ्दै गरेका चिकित्सकहरु समेत प्रभावित भएका थिए। यो निर्णयका विरुद्ध उनीहरुले उक्त अदालतमा मुद्दा दायर गरेका थिए। 

अदालतको यस आदेशले उनीहरुलाई केही राहत दिएको छ। अमेरिकाको ‘नेसनल बोर्ड अफ मेडिकल लाइसेन्सिङ’ लाई अदालतले नेपाली चिकित्सक परीक्षार्थीहरुलाई सो संस्थाले दिएको अन्तिम म्यादसमेत स्थगित गर्न आदेश जारी गरेको छ। 

यूएसएमएलई चिकित्सा शिक्षाको थप अध्ययनका लागि प्रवेश परीक्षा लिने चिकित्सा शिक्षा आयोगजस्तै नियामक निकाय हो। सो संस्थाले नेपालको मेडिकल परीक्षा प्रणालीप्रति प्रश्न उठाउँंदै सो परीक्षा र त्यसबाट प्राप्त भएको नतिजालाई अमेरिकाले स्वीकार नगर्ने नीति जारी गरेको थियो। 

यो निर्णयले हाल अमेरिकामा अभ्यासमा रहेका, सन् २०२२ यता अमेरिका आएर ‘रेजिडेन्सी’ गरेका र एमडी गरिरहेका नेपाली डाक्टरहरुलाई प्रभावित पारेको थियो। उनीहरुको योग्यतामा प्रश्न उठ्दा यहाँ कार्यरत काम समेत छोड्नुपर्ने र अमेरिकामा बैधानिकरुपमा भइरहेको बसोवाससमेत छोडेर फर्किनुपर्ने वाध्यकारी अवस्था आएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad