ad ad

ग्लोबल


युक्रेनमा आक्रमणको विरोध गर्नेको सम्पत्ति जफत गर्दै राष्ट्रपति पुटिन

युक्रेनमा आक्रमणको विरोध गर्नेको सम्पत्ति जफत गर्दै राष्ट्रपति पुटिन

फाइल तस्बिर


रासस
फागुन २, २०८० बुधबार १९:७, काठमाडौँ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा भएको आक्रमणविरुद्ध बोलेको अभियोगमा दोषी ठहरिएकाहरूको सम्पत्ति जफत गर्न अधिकारीहरूलाई अनुमति दिने कानुनमा हस्ताक्षर गरेका छन्। 

मस्कोले सन् २०२२ फेब्रुअरी २२ मा युक्रेनमा सेना पठाएपछि कडा कानुन लागू गर्दै यसको आलोचनामाथि प्रतिबन्ध लगाएको छ। सार्वजनिक रूपमा यसको विरोध गर्नेहरूलाई कडा कारबाहीको व्यवस्था गरिएको छ।

उक्त कानुनले अधिकारीहरूलाई आपत्तिजनक आलोचना गर्ने दोषीहरूको धन, सम्पत्ति र बहुमूल्य वस्तु जफत गर्न सक्षम बनाउँछ। 

कानुनले आफ्नो मुलुक छाडेर भागेका तर अहिले पनि घरमा सम्पत्ति भएका महत्त्वपूर्ण रुसी निर्वासितहरूलाई सम्भावितरूपमा निशाना बनाउँछ। 

रुसको संसद् ड्युमाले विधेयकलाई समर्थन गरेको दुई सातापछि पुटिनले उक्त दस्तावेजमा हस्ताक्षर गरेका छन्। 

ड्युमाका सभामुख व्याचेस्लाभ भोलोदिनले गत महिना भनेका थिए, 'आफ्नो मातृभूमिसँग विश्वासघात गरेका र अहिले हाम्रा सैनिकहरूको पिठ्युँमा थुक्ने बदमाश र गद्दारहरूलाई यो कानूनले निशाना बनाउँछ।'

मस्कोले नियमितरूपमा सैन्य अभियानको विरोधमा आफ्नो मुलुक छाड्ने लाखौँ रुसीलाई देशद्रोहीको संज्ञा दिएको छ।

उक्त कानून युक्रेन आक्रमणको दोस्रो वर्ष प्रवेश र रुसको राष्ट्रपति निर्वाचनभन्दा एक महिनाअघि लागू भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .