ad ad

ग्लोबल


पन्जाबः किसान आन्दोलनमा मारिएका युवकको परिवारलाई १ करोड भारु र सरकारी जागिर

पन्जाबः किसान आन्दोलनमा मारिएका युवकको परिवारलाई १ करोड भारु र सरकारी जागिर

नेपालखबर
फागुन ११, २०८० शुक्रबार १४:५२, काठमाडौँ

भारतको पन्जाब राज्यका मुख्यमन्त्री भगवन्त मानले किसान आन्दोलनका क्रममा खनौरी सीमामा मारिएका युवकका परिवारलाई १ करोड रुपैयाँ सहयोग र बहिनीलाई सरकारी जागिर दिने घोषणा गरेका छन्।

मुख्यमन्त्री मानले ट्विटरमा लेखेका छन्, ‘खनौरी सीमामा किसान आन्दोलनका क्रममा सहिद भएका शुभकरन सिंहको परिवारलाई पन्जाब सरकारले १ करोड रुपैयाँ (भारु) आर्थिक सहयोग गर्नेछ भने कान्छी बहिनीलाई सरकारी जागिर दिनेछ। दोषीलाई कानुनी कारबाही गरिनेछ...हामी आफ्नो कर्तव्य पूरा गर्दै छौँ।’ 

यही फेब्रुअरी २१ तारिख खनौरी नाकामा किसान र सुरक्षाकर्मीबीच भिडन्त हुँदा युवा किसान शुभकरन सिंहको मृत्यु भएको थियो।
गोली लागेर शुभकरनको मृत्यु भएको किसान नेताहरूको दाबी छ तर मृत्युको कारणबारे अनुसन्धान जारी रहेको बीबीसी हिन्दीले जनाएको छ। 

उनको मृत्युपछि किसान संगठन संयुक्त किसान मोर्चाले फेब्रुअरी २३ का दिन ‘ब्ल्याक फ्राइडे’ मनाउने र २६ तारिखमा सबै राजमार्गमा ट्र्याक्टर र्‍याली निकाल्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .