ग्लोबल


पाकिस्तानको तुर्बात विमानस्थलनजिकै आक्रमण

पाकिस्तानको तुर्बात विमानस्थलनजिकै आक्रमण

फाइल तस्बिर


नेपालखबर
चैत १३, २०८० मंगलबार ८:१३, काठमाडौँ

पाकिस्तानको बलुचिस्तान प्रान्तको तुर्बातमा अतिवादी हमला भएको छ। यो क्षेत्र इरानसँग सीमा जोडिएको छ।

मकरन डिभिजनका कमिश्नर सईद इमरानीले यसको पुष्टि गर्दै सोमबार राति एयरपोर्ट नजिकै हमला भएको बताए।

उनले ४ देखि ६ जना आक्रमणकारीले तीन स्थानबाट एयरपोर्टलाई निशाना बनाएको तर नौसेनाको एयरबेससम्म पुग्न नसकेको बीबीसीले जनाएको छ। 

क्वेटाका एक वरिष्ठ अधिकारीका अनुसार आक्रमणकारीहरू आम जनताको बाटो हुँदै तुर्बत एयरपोर्टमा प्रवेश गरेका थिए तर सुरक्षा बलहरूले उनीहरूको षड्यन्त्र विफल पारे र उनीहरूलाई अगाडि बढ्नबाट रोके।

प्रतिबन्धित चरमपन्थी संगठन बीएलएको माजिद ब्रिगेडले यस हमलाको जिम्मेवारी लिएको छ।

एक साताभित्र बलुचिस्तानमा यस चरमपन्थी संगठनले गरेको यो दोस्रो आक्रमण हो। यसअघि ग्वादर जिल्लामा बन्दरगाह प्राधिकरण कम्प्लेक्समा आक्रमण भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .