ad ad

ग्लोबल


सन् १९७९ सम्म एकअर्काका सहयोगी इरान र इजरायल अहिले किन कट्टर दुश्मन?

सन् १९७९ सम्म एकअर्काका सहयोगी इरान र इजरायल अहिले किन कट्टर दुश्मन?

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार ७:३९, काठमाडौँ

इजरायल र इरान सन् १९७९ सम्म एकअर्काका सहयोगी मित्र थिए।

तर सोही वर्ष इरानमा इस्लामिक क्रान्ति भयो र वैचारिक स्तरमा इजरायलको कडा विरोध गर्ने सरकार सत्तामा आयो।

त्यसयता इरानले इजरायलको अस्तित्वलाई स्वीकार गर्दैन र यसको पूर्ण विनाशको वकालत गर्छ। 

इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायल एक ‘क्यान्सरको ट्युमर’ भएको उल्लेख गर्दै यसलाई निस्सन्देह ‘उखेलिएर नष्ट गरिने’ बताइरहेका छन्। 

इजरायलले पनि इरान आफ्नो अस्तित्वका लागि खतरा भएको बताइरहेको छ। 

इजरायलले इरानले प्यालेस्टाइनी सशस्त्र समूह र लेबनानमा सिया समूह हिजबुल्लाहलाई आर्थिक सहयोग गर्ने गरेको आरोप लगाउने गरेको छ।

इजरायलले इरानले गोप्य रूपमा परमाणु हतियार बनाएको आरोप लगाएको छ। तर, इरानले आणविक बम बनाएको कुरा अस्वीकार गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .