भारतको १८औँ आम निर्वाचनअन्तर्गत शुक्रबार दोस्रो चरणको मतदान भएको छ।
दोस्रो चरणमा १३ राज्यका ८८ लोकसभा सिटका लागि मतदान भएको हो।
चर्को घाममा पनि मतदाता लाइनमा उभिएर भोट हाल्न उत्साहित देखिएका थिए।
यसअघि पहिलो चरणअन्तर्गत यही अप्रिल १९ मा १०२ सिटका लागि मतदान भएको थियो।
भारतको निर्वाचन आयोगले घोषणा गरेको कार्यतालिकाअनुसार सात चरणमा निर्वाचन हुनेछ।
तेस्रो चरणको निर्वाचन ७ मे, चौथो चरणको मतदान १३ मे, पाँचौँ चरण २० मे, छैटौं चरण २५ मे र अन्तिम चरणको मतगणना १ जुनमा हुनेछ।
24
Shares
प्रतिक्रिया