भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी अभियान नै अयोध्यामा राम मन्दिर उद्घाटन गरेर सुरु गरेका थिए। सम्भवतः यो एउटा प्रमुख चुनावी एजेन्डा बन्ने उनको अपेक्षा थियो।
तर, त्यसो भएन। चुनावभर धार्मिक विषयमा अपेक्षाकृत कम चर्चा भयो।
नतिजा सार्वजनिक हुँदै गर्दा अयोध्या सामेल फैजावाद क्षेत्रमा भाजपाका उम्मेदवार लल्लु सिंह पछाडि परेका छन्।
विपक्षी गठबन्धनका उम्मेदवार अवधेश प्रसादले करिब ४४ सय मतको अग्रता लिएका छन्। उनी समाजवादी पार्टीका हुन्।
यद्यपि, यो अग्रता निकै झिनो हो।
126
Shares

प्रतिक्रिया