ad ad

ग्लोबल


गाजामा युद्धविराम प्रस्तावमा हमासको प्रतिक्रिया- यो युद्धविराम स्थायी होस्

गाजामा युद्धविराम प्रस्तावमा हमासको प्रतिक्रिया- यो युद्धविराम स्थायी होस्

फाइल तस्बिर


नेपालखबर
जेठ ३०, २०८१ बुधबार १०:४०, काठमाडौँ

हमासले गाजामा अमेरिकी समर्थित युद्धविराम प्रस्तावमा प्रतिक्रिया दिएको छ।

बीबीसीका अनुसार हमासले यो युद्धविराम स्थायी होस् भन्ने इजरायलको प्रतिबद्धता चाहेको बताएको छ।

विज्ञप्तिमा हमास र यसको सहयोगी प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे) ले सम्झौतामा पुग्ने दिशामा ‘सकारात्मकता’ व्यक्त गरेको छ।

यो प्रस्तावलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले पनि समर्थन गरेको छ। जसमा सुरुमा ६ साता युद्धविराम हुने र दोस्रो चरणमा यो युद्धविरामलाई स्थायी बनाइने बताइएको छ।

यसबाहेक गाजामा निर्माण कार्य पुनः सुरु गर्ने कुरा पनि भएको छ।

अमेरिकासँगै हमास र इजरायलबीच मध्यस्थता गरिरहेका कतार र इजिप्टले पनि हमासले यस प्रस्तावमा आफ्नो प्रतिक्रिया दिएको बताएको छ।

मंगलबार साँझ हमासले विज्ञप्ति जारी गरी गाजामा लडाइँ ‘पूर्ण रूपमा रोक्न’ आह्वान गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .