पाकिस्तानको पेसावरमा अवतरण गर्ने क्रममा साउदी एयरलाइन्सको यात्रुवाहक विमानमा आगलागी भएको छ।
उडानमा रहेका सबै २७६ यात्रु र २१ चालक दलका सदस्यलाई स्लाइडमार्फत सुरक्षित रूपमा बाहिर निकालिएको छ।
बाचाखान अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरले भने, ‘साउदी एयरलाइन्सको विमानमा आगो लाग्नुअघि अवतरणका क्रममा टायर नजिकै स्पार्क र धुवाँ देखिएको थियो। त्यसपछि दमकल र उद्धारकर्मी धावनमार्गमा पुगेका थिए।’
साउदी एयरलाइन्सले विज्ञप्ति जारी गर्दै भन्यो, ‘रियादबाट पेसावर जाँदै गरेको फ्लाइट नम्बर क्ख्ठढद्द को टायरबाट अवतरणका क्रममा धुवाँ निस्कन थाल्यो। त्यसपछि विमानलाई तुरुन्तै रोकेर सम्बन्धित अधिकारीहरूलाई जानकारी गराइएको थियो। सबै यात्रु र चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा बाहिर निकालियो।’
भिडिओ-
— فرحان الحق کیانی (@Farhan_Kiyani) July 11, 2024Saudi Airline’s plane ✈️ got fire at Peshawar airport, safety protocols are activated. pic.twitter.com/iuxq6mmxjd
Shares

प्रतिक्रिया