एअर इन्डियाले इजरायलको राजधानी तेल अभिभका लागि उडान स्थगन गर्ने निर्णय गरेको छ।
एअर इन्डियाले एक्समा लेखेको छ, ‘मध्यपूर्वका केही भागमा हालको अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्मका लागि हाम्रो तेल अभिभ आउजाउ उडानहरूको निर्धारित कार्यतालिका स्थगन गरेका छौँ।’
एअर इन्डियाले स्थितिको निगरानी गरिरहेको तेल अभिभ जाने र त्यहाँबाट यता आउने कन्फर्म बुकिङवाला यात्रुहरूलाई पूर्ण भाडा फिर्ता दिइरहेको जनाएको छ। एअर इन्डियाले भनेको छ- ‘हाम्रा पाहुना र चालक दलको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो।’
इजरायल र हमासबीच चलिरहेको लडाइँका कारण मध्यपूर्वमा असुरक्षा बढेको छ।
198
Shares
प्रतिक्रिया