युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको सेना रुसको कुर्स्क क्षेत्रमा विभिन्न दिशाबाट अगाडि बढिरहेको दाबी गरेका छन्।
‘कुर्स्कमा हाम्रा सेना धेरै दिशाबाट एकदेखि दुई किलोमिटर अगाडि बढिरहेका छन्’, जेलेन्स्कीले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्।
तर यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ।
युक्रेनी सेनाले रुसी भूभागमा कति भूभाग कब्जा गरेको छ भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन।
228
Shares
प्रतिक्रिया