मुसलधारे वर्षातपछि भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयागमा गएको पहिरोमा परी ४ नेपालीको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार चार जना नेपाली श्रमिकको ज्यान गएको हो।
पहिरोमा परी मृत्यु हुने नेपालीमा चितवनका हरकसिंह बहादुर, पूर्ण नेपाली र कृष्ण परियार तथा दैलेखका खड्गबहादुर रहेको बताइएको छ।
चारै जनाको शव भारतीय एसडीआरएफले संकलन गरिसकेको नवभारत टाइम्सले उल्लेख गरेको छ। बिहीबार राति भारी वर्षातपछि पहिरो गएको थियो। पहिरोमा उनीहरु फसेका थिए। उद्धारको पहल भए पनि वर्षात र पहिरो छिचोल्दै ढिलो गरी घटनास्थलमा उद्धार टोली पुगेको थियो।
186
Shares

प्रतिक्रिया