इजरायली अधिकारीहरूले कब्जा गरिएको वेस्ट बैंक र जोर्डनको सीमानजिकै भएको आक्रमणमा तीन जनाको मृत्यु भएको बताएका छन्।
इजरायली रक्षा बल (आईडीएफ) ले एलेन्बी ब्रिज क्रसिङनजिकै भएको गोलीबारीमा तीन इजरायली नागरिकको मृत्यु भएको जानकारी दिएको हो।
आक्रमणकारी जोर्डनबाट ट्रकमा आएको र ट्रकबाट बाहिर निस्केर गोली चलाउन थालेको आईडीएफले जनाएको छ।
विज्ञप्तिअनुसार सुरक्षा बलले आक्रमणकारीलाई मारेको छ। आईडीएफले ट्रकमा विस्फोटक पदार्थ भएको आशंकामा जाँच गरिरहेको छ।
इजरायली सञ्चारमाध्यमका अनुसार मृत्यु हुने तीन जनाको उमेर ५० वर्षको हाराहारीमा रहेको चिकित्सकले बताएका छन्।
जोर्डनले घटनापछि आफ्नो सीमा बन्द गरेको र यस विषयमा अनुसन्धान भइरहेको बताएको छ।
81
Shares
प्रतिक्रिया