ग्लोबल


इजरायललाई अमेरिकाले भन्यो- राष्ट्रसंघीय शान्ति सैनिकमाथि गोली चलाउन बन्द गर

इजरायललाई अमेरिकाले भन्यो- राष्ट्रसंघीय शान्ति सैनिकमाथि गोली चलाउन बन्द गर

संयुक्त राष्ट्र संघका शान्ति सैनिक


नेपालखबर
असोज २६, २०८१ शनिबार ८:५३, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई लेबनानमा हिजबुल्लाहसँगको लडाइँका क्रममा राष्ट्रसंघीय शान्ति सेनामाथि गोली चलाउन बन्द गर्न आग्रह गरेका छन्।

पछिल्लो ४८ घण्टामा संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकमाथि गोली प्रहारका दुई घटना सार्वजनिक भएका छन् ।

शुक्रबार इजरायली सेना (आईडीएफ) ले यो घटनाको लागि आफ्नै सैनिक जिम्मेवार भएको बताएको छ। गोलीबारीमा लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) का दुई श्रीलंकाली सैनिक घाइते भएका छन्।

आईडीएफका अनुसार नाकोरामा रहेको युनिफिल बेसनजिकै काम गरिरहेका इजरायली सैनिकहरूले खतरा महसुस गरेपछि गोली चलाएका थिए। यद्यपि इजरायली सेनाले यो सम्पूर्ण घटनाको विस्तृत अनुसन्धान गरिने जनाएको छ।

यस घटनाविरुद्ध फ्रान्स, इटाली र स्पेनजस्ता देशले इजरायलको कडा निन्दा गरेका छन्। यी तीन देशले संयुक्त विज्ञप्ति जारी गरेका छन्, जसमा इजरायलको कारबाही पूर्णतया गलत भएको उल्लेख गरिएको छ।

श्रीलंकाको विदेश मन्त्रालयले पनि आईडीएफको यस कार्यको कडा निन्दा गरेको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad