ग्लोबल


नयाँ मन्त्रिपरिषद्‌द्वारा जम्मु-कस्मिरलाई पूर्ण राज्यको दर्जा दिने प्रस्ताव पारित

नयाँ मन्त्रिपरिषद्‌द्वारा जम्मु-कस्मिरलाई पूर्ण राज्यको दर्जा दिने प्रस्ताव पारित

जम्मु-कस्मिरका नयाँ मुख्यमन्त्री उमर अब्दुल्लाह


नेपालखबर
कात्तिक ३, २०८१ शनिबार २०:१६, काठमाडौँ

मुख्यमन्त्री उमर अब्दुल्लाहको नेतृत्वमा गठित जम्मु-कस्मिर सरकारको नयाँ मन्त्रिपरिषद्ले जम्मु-कस्मिरलाई पूर्ण राज्यको दर्जा दिने प्रस्ताव पारित गरेको छ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले जम्मु-कस्मिरलाई पूर्ण राज्यको दर्जा दिनेसब्बन्धी प्रस्ताव पारित गर्दै केन्द्र सरकारलाई अनुरोध गरेको हो। 

जम्मु-कस्मिर सूचना विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ- यस सम्बन्धमा प्रधानमन्त्री र केन्द्रीय मन्त्रीहरूसँग भेट्न मुख्यमन्त्री अब्दुल्लाह आगामी दिनमा नयाँ दिल्ली जानेछन्।

मन्त्रिपरिषद्ले जम्मु-कस्मिर विधानसभाको अधिवेशन नोभेम्बर ४ मा बोलाउने निर्णय पनि गरेको छ।

यसका लागि लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हालाई अनुरोध गरिएको छ र उनलाई अधिवेशनमा सम्बोधन गर्न पनि भनिएको छ। 

विधानसभा चुनावका क्रममा क्षेत्रीय दलहरूले जम्मु-कस्मिरलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने माग निरन्तर उठाएका थिए।

नेसनल कन्फ्रेन्स र कंग्रेस गठबन्धनले विधानसभा चुनावमा बहुमत पाएपछि उमर अब्दुल्लाह जम्मु-कस्मिरको नयाँ मुख्यमन्त्री बनेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad