सिड्नी एयरपोर्टमा एयर न्युजिल्यान्डको विमानमा बमको धम्की आएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएको छ।
स्काई न्युज अस्ट्रेलियाका अनुसार, १४० यात्रु बोकी वेलिङटनबाट सिड्नीका लागि प्रस्थान गरेको एयर न्युजिल्यान्डको उडानमा यस्ता धम्की प्राप्त भएको थियो।
फ्लाइट एनजेड-२४७ बेलुका ५ः४० बजे वेलिङटनबाट विमान सकुशल अवतरण भएको रिपोर्ट गरिएको छ।
रिपोर्टअनुसार, विमानलाई टार्माकमा रोकिएपछि एयर न्युजिल्यान्डले सुरक्षा खतराको सम्भाव्यताबारे सचेत रहेको पुष्टि गर्यो।
‘हामी स्थानीय अधिकारीहरूसँग काम गरिरहेका छौँ र त्यस्ता घटनाहरूका लागि स्थापित मानक प्रोटोकलहरू पछ्याउँदैछौँ’ एयरलाइन्स्का सुरक्षा अधिकारी क्याप्टेन डेभिड मोर्गनले एक विज्ञप्ति मार्फत उल्लेख गरे। रासस/सिन्ह्वा
330
Shares

प्रतिक्रिया