ग्लोबल


उत्तरी गाजामा राति अबेरसम्म इजरायली हमला, ७३ जनाको मृत्युः हमास

उत्तरी गाजामा राति अबेरसम्म इजरायली हमला, ७३ जनाको मृत्युः हमास

जुनमा बेइट लाहियामा इजरायली आक्रमण पछिको दृश्य


नेपालखबर
कात्तिक ४, २०८१ आइतबार ७:३०, काठमाडौँ

उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायली हमलामा ७३ जनाको मृत्यु भएको दाबी हमासका अधिकारीहरूले गरेका छन्।

बेत लाहिया क्षेत्रमा महिला र बालबालिकाको पनि ज्यान गएको हमासका अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार शनिबार अबेर राति गराइएको बम विस्फोटमा धेरै मानिस घाइते पनि भएका छन्। अझै धेरै मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ। 

यस आक्रमणबारे इजरायलले यससँग सम्बन्धित रिपोर्टको छानबिन गरिरहेको जनाएको छ। साथै इजरायली सेनाले हमासले हताहतीबारे बढाइचढाइपूर्ण बताएको र यो आफ्नो जानकारीसँग नमिल्ने दाबी पनि गरेको छ।

यसैबीच गाजाका स्वास्थ्य अधिकारीहरूले बेत लाहिया क्षेत्रमा इन्टरनेट र सञ्चार सेवा पूर्ण रूपमा बन्द भएकाले उद्धारमा पनि बाधा पुगेको बताएका छन्।

इजरायलले आफ्नो पछिल्लो आक्रमणमा भीडभाड भएको ठाउँलाई निशाना बनाएको हमासको नियन्त्रित सरकारी मिडियाको दाबी छ। 

प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार इजरायली हमलामा पूरै आवासीय परिसर ध्वस्त भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad