ग्लोबल


बैंकसहित लेबनानका २४ स्थानमा आक्रमण गर्ने इजरायलको चेतावनी

बैंकसहित लेबनानका २४ स्थानमा आक्रमण गर्ने इजरायलको चेतावनी

फाइल तस्बिर


नेपालखबर
कात्तिक ५, २०८१ सोमबार ७:५८, काठमाडौँ

इजरायली सेनाले लेबनानमा बस्ने मानिसहरूका लागि नयाँ चेतावनी जारी गरेको छ।

नयाँ चेतावनीअनुसार इजरायलले चाँडै राजधानी बेरुतसहित लेबनानका २४ क्षेत्रमा आक्रमण गर्ने योजना बनाएको छ।

बीबीसीका अनुसार इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हिजबुल्लाहलाई समर्थन गर्ने बैंकहरूलाई पनि निशाना बनाउने बताएको छ।

इजरायलले बेरुतको दक्षिणी भागमा रहेको दाहेह सहरमा आठवटा हवाई आक्रमण गरेको छ। यो ठाउँ हिजबुल्लाहको नियन्त्रणमा छ। लेबनानको सरकारी मिडियाले पनि आक्रमण देशको पूर्वी भागमा भएको बताएको छ।

हिजबुल्लाहले पनि आइतबार इजरायली सैन्य लक्ष्यमा रकेट प्रहार गरिएको बताएको छ।

आइतबार साँझ आईडीएफका प्रवक्ता ड्यानियल हगारीले हिजबुल्लाहका आतंककारीलाई आर्थिक सहयोग गर्ने आधारनजिक रहेका जो कोहीले तुरुन्तै त्यस्तो ठाउँ छाड्नुपर्ने चेतावनी दिएका छन्।

उनले भनेका छन- हामी अबको केही घण्टाभित्र धेरै लक्ष्यमा आक्रमण गर्नेछौँ। आगामी दिनमा इरानले हिजबुल्लाहलाई कसरी आर्थिक सहयोग गर्छ भन्ने कुरा हामी सबैसामु ल्याउँनेछौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad