ग्लोबल


इजरायली आक्रमणपछि इरानलाई अर्को क्षति, पाकिस्तानको सीमानजिक मारिए १० प्रहरी

इजरायली आक्रमणपछि इरानलाई अर्को क्षति, पाकिस्तानको सीमानजिक मारिए १० प्रहरी

फाइल तस्बिर: इरानी सुरक्षा बल


नेपालखबर
कात्तिक ११, २०८१ आइतबार ८:४०, काठमाडौँ

इजरायलको हवाई हमलाका कारण दुई सैनिक गुमाएको इरानले शनिबार अर्को आक्रमणको पनि सामना गर्नुपरेको छ।

बीबीसीका अनुसार इरानको तफ्तानमा चरमपन्थी समूह जैश-अल-अदलले गरेको आक्रमणमा १० इरानी सुरक्षाकर्मी मारिएका हुन्।

तफ्तान क्षेत्र पाकिस्तानको सिमानानजिक छ।

इरानको गृह मन्त्रालयका अनुसार सशस्त्र आक्रमणकारीले इरानको सिस्तान र बलुचिस्तानको सिमानामा रहेको सहर तफ्तानको गोहरकोह क्षेत्रमा प्रहरी गस्ती एकाइमा हमला गरेका हुन्।

इरानका गृहमन्त्री इस्कन्दर मोमानीले घटनालाई आतंकवादी हमला भन्दै तत्काल छानबिन गर्न आदेश दिएका छन्।

सिस्तान र बलुचिस्तानको पुलिस सूचना केन्द्रले पनि शनिबार विज्ञप्ति जारी घटनाको पुष्टि गरेको छ। 

उसले भनेको छ- तफ्तान सहरको गोहरकोह पुलिस स्टेसनका दुई गस्ती एकाइका १० जना प्रहरी मारिएका छन्।

प्रहरी जवानहरू आफ्नो कर्तव्य पूरा गरेर घर फर्किरहेका बेला आक्रमण भएको बताइएको छ। 

जैश-अल-अदलले आफ्नो टेलिग्राम च्यानलमार्फत आक्रमणको जिम्मेवारी लिएको छ। उसले भनेको छ- तफ्तान सहरको गोहरकोहमा फर्जा जबर बलको गस्ती एकाइलाई निशाना बनाइयो।

जैश-अल-अदल एक सशस्त्र चरमपन्थी संगठन हो। यो संगठन इरानी सरकारको विरोध गर्दछ। यो संगठनले आफूलाई न्याय र समानताको सेना भएको दाबी गर्छ।

शनिबार इजरायलले इरानमा गरेको हवाई हमलामा पनि दुई इरानी सैनिक मारिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad