अमेरिकामा हुन लागेको राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले लस भेगासमा शुक्रबार आयोजित चुनावी र्यालीमा आफ्ना प्रशंसकहरूलाई सम्बोधन गरेकी छन्।
आफ्नो सम्बोधनमा वर्तमान अमेरिकी उपराष्ट्रपति ह्यारिसले भनिन्- अमेरिका डोनाल्ड ट्रम्पले सिर्जना गरेको विभाजनबाट थकित भएको छ।
यस क्रममा उनले आफू कठिन संघर्षबाट नडराउने उल्लेख गर्दै आफूले चुनाव जित्ने दाबी पनि गरिन्।
आफूले चुनाव जिते हरेक दिन आफ्नो ध्यान अमेरिकी अर्थतन्त्रमा ध्यान केन्द्रित हुने बताइन्। यस्तै न्यूनतम पारिश्रमिक बढाउने र काम गर्ने मानिसका लागि लड्ने उनको भनाइ छ।
लस भेगासमा आयोजित कमला ह्यारिसको उक्त र्यालीमा प्रसिद्ध अमेरिकी गायिका जेनिफर लोपेज पनि सहभागी भएकी थिइन्।
ह्यारिससँगै स्टेजमा उपस्थित भई लोपेजले भनिन्- मैले अहिलेसम्म भाग लिएको यो सबैभन्दा महत्त्वपूर्ण फोरम हो।
उनले थपिन्- म महिलाको शक्तिमा विश्वास गर्छु। महिलामा यस चुनावमा परिवर्तन ल्याउने शक्ति छ।
Shares

प्रतिक्रिया