ग्लोबल


ट्रम्प विजयी भएको २ दिनपछि पुटिनको मौखिक बधाई: ‘साहसी व्यक्ति’

ट्रम्प विजयी भएको २ दिनपछि पुटिनको मौखिक बधाई: ‘साहसी व्यक्ति’

फाइल तस्बिर: पुटिन र ट्रम्प


नेपालखबर
कात्तिक २३, २०८१ शुक्रबार १४:५३, काठमाडौँ

रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार भ्लादिमिर पुटिनले डोनाल्ड ट्रम्पलाई अमेरिकाको राष्ट्रपतिमा विजयी भएकामा बधाई दिएका छन्।

समाचार एजेन्सीका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार भल्दाई इन्टरनेसनल डिस्कसन क्लबमा आयोजित एक कार्यक्रममा अमेरिकी राष्ट्रपति चुनाव जितेकामा ट्रम्पलाई बधाई दिएका हुन्। 

पुटिनले ट्रम्पलाई बधाई दिँदै भने- म उहाँ (डोनाल्ड ट्रम्प) लाई अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएकामा बधाई दिन चाहन्छु। मैले पहिले नै भनेको छु कि हामी त्यस्तो राष्ट्र प्रमुखसँग काम गर्नेछौँ, जसप्रति अमेरिकी जनताले विश्वास गर्छन्।

यस क्रममा पुटिनले ट्रम्पलाई ‘साहसी व्यक्ति’को उपमा दिँदै ट्रम्पले आफ्नो पहिलो कार्यकालमा आफूलाई चौतर्फी रूपमा समस्यामा पारेको बताए।

पुटिनले युक्रेन युद्ध अन्त्य गर्न सहयोग गरेको ट्रम्पको दाबीमा पनि ध्यान दिनुपर्ने बताएको बीबीसीले उल्लेख गरेको छ। 

डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा पनि युक्रेन युद्ध अन्त्य गर्न सक्ने दाबी धेरैपटक गरेका थिए।

आफ्नो सम्बोधनमा पुटिनले जुलाईमा डोनाल्ड ट्रम्पलाई भएको घातक हमला पनि उल्लेख गरे। पुटिनका अनुसार त्यसबेला ट्रम्पले साहसी व्यक्तिको जस्तो व्यवहार गरेका थिए।

पुटिनलाई सोधिएको थियो कि

तपाईं ट्रम्पसँग वार्ताका लागि तयार हुनुहुन्छ भनेर प्रश्न गर्दा पुटिनले भने- हो। 

उल्लेखनीय छ कुरा के छ भने रुसी राष्ट्रपति पुटिनले ट्रम्पले चुनाव जितेको करिब दुई दिनपछि मौखिक बधाई दिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad