अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयी भएपछि डोनाल्ड ट्रम्पले पहिलोपटक आफ्ना कर्मचारी नियुक्त गरेका छन्।
बीबीसीका अनुसार ट्रम्पले बिहीबार सुजी समरल विल्सलाई ह्वाइट हाउसको चिफ अफ स्टाफमा नियुक्त गरेका हुन्।
विल्स राष्ट्रपतीय चुनावका बेला ट्रम्पको अभियानकी प्रबन्धक पनि थिइन्।
विल्सलाई ह्वाइट हाउसको चिफ अफ स्टाफका रूपमा नियुक्त गर्दै ट्रम्पले भने- विल्सले मलाई अमेरिकी इतिहासमा सबैभन्दा ठूलो राजनीतिक विजय हासिल गर्न मद्दत गरेकी छन्।
यसै वर्ष अप्रिलमा दिएको एक अन्तर्वार्तामा सुजीले ट्रम्पसँग काम गर्दाको अनुभवबारे बताएकी थिइन्।
सुजीले भनिन्- मानिसहरूलाई लाग्छ, म धेरै कडा छु। तर उनीहरूलाई के थाहा छैन भने ट्रम्पले मेरो कामका आधारमा मात्र मलाई मूल्यांकन गर्छन्।
ट्रम्पका आलोचकहरूलाई जवाफ दिँदै उनले भनेकी थिइन्- त्यस्ता मानिसहरूलाई ट्रम्पको काम गर्ने तरिका थाहा छैन। मेरो नजरमा त्यस्ता मानिसप्रति मेरो कुनै सम्मान छैन।
Shares

प्रतिक्रिया