अमेरिकाका राष्ट्रपति जो बाइडेनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुधबार ओभल अफिसमा स्वागत गर्ने भएका छन्।
अमेरिकी ह्वाइट हाउसले शनिबार विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो।
ह्वाइट हाउसका प्रेस सेक्रेटरी जिन पियरेले भने, ‘राष्ट्रपति बाइडेनको निमन्त्रणामा डोनाल्ड ट्रम्पले उहाँसँग बुधबार बिहान ११ बजे ओभल अफिसमा भेट गर्नेछन्। थप जानकारी पछि दिइनेछ।’
राष्ट्रपतीय निर्वाचन जितेका ट्रम्प अझै जनवरी २० यता राष्ट्रपति पदमा बस्ने पाउने छैनन्।
अमेरिकामा सत्ता हस्तान्तरण प्रक्रियाअन्तर्गत नयाँ राष्ट्रपतिले कार्यभार सम्हाल्न करिब दुई महिना लाग्छ।
243
Shares

प्रतिक्रिया