ग्लोबल


पेजर-वाकीटकी आक्रमणको ५४ दिनपछि नेतन्याहुले भने: त्यो आदेश मैले दिएको थिएँ

पेजर-वाकीटकी आक्रमणको ५४ दिनपछि नेतन्याहुले भने: त्यो आदेश मैले दिएको थिएँ

फाइल तस्बिर: इजरायली प्रधानमन्त्री नेतन्याहु


नेपालखबर
कात्तिक २६, २०८१ सोमबार ६:५८, काठमाडौँ

सेप्टेम्बर १७ मा लेबनानमा हिजबुल्लाह सदस्यहरूको पेजर (सञ्चार उपकरण) मा शृंखलाबद्ध विस्फोट भएको ५४ दिनपछि इजरायलले जिम्मेवारी लिएको छ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले आइतबार देशलको सुरक्षालाई ध्यानमा राख्दै आक्रमणलाई स्वीकृत गरेको स्वीकार गरेका हुन्। 

नेतान्याहुका प्रवक्ता ओमर दोस्तीले समाचार एजेन्सी एएफपीलाई भने- आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री नेतन्याहुले लेबनानमा पेजर आक्रमणको आदेश आफूले दिएको पुष्टि गरेका छन्।

तर ओमरले यस आक्रमणको विस्तृत जानकारी दिएनन्।

टाइम्स अफ इजरायलका अनुसार नेतन्याहुले भने- रक्षा एजेन्सी र वरिष्ठ अधिकारीहरू पेजर आक्रमण र तत्कालीन हिजबुल्लाह प्रमुख नसरल्लाहलाई मार्ने अपरेसनको विरुद्धमा थिए। विरोधको बाबजुद मैले आक्रमणको सीधा आदेश दिएँ।

गत सेप्टेम्बर १७  मा पेजर विस्फोट र १८ तारिखमा वाकी-टकी आक्रमणमा हिजबुल्लाहसँग सम्बन्धित लगभग ४० व्यक्तिको मृत्यु भएको थियो भने तीन हजारभन्दा बढी जना घाइते भएका थिए।

सेप्टेम्बर २७ मा संयुक्त राष्ट्र संघमा भाषण दिएपछि नेतन्याहुले आफ्नो होटल कोठाबाट लेबनानस्थित हिजबुल्लाहको मुख्यालयमा ८० टन बमले आक्रमण गर्न अनुमति दिएका थिए। यसको २० घन्टापछि हिज्बुल्लाहले नसरल्लाहको मृत्युको पुष्टि गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad