भारतको केरला सरकारले दुई भारतीय प्रशासनिक सेवा (आईएएस) का अधिकारी के गोपालकृष्णन र एन प्रशान्तलाई निलम्बन गरेको छ। उनीहरूले अनुशासन भंग गरेको आरोप छ।
समाचार एजेन्सी पीटीआईका अनुसार गोपालकृष्णनलाई धर्मका आधारमा ह्वाट्सएप ग्रुप बनाएको आरोप लगाइएको छ भने एन प्रशान्तलाई वरिष्ठ अधिकारीहरूको आलोचना गरेको आरोप छ।
अंग्रेजी अखबार द टाइम्स अफ इन्डियाका अनुसार गोपालकृष्णनसँग सम्बन्धित विवाद अक्टोबरको अन्त्यमा सुरु भएको हो। केरला क्याडरका धेरै आईएएस अफिसर मल्लु हिन्दु अफिसरको नाममा बनाइएको ह्वाट्सएप समूहमा जोडिएका थिए। जसमा धेरै अधिकारीले आपत्ति जनाएका थिए।
तर, गोपालकृष्णनले आफ्नो फोन ह्याक भएको दाबी गरेका थिए।
27
Shares

प्रतिक्रिया