ग्लोबल


अमेरिकी वातावरण दूतले भने- ट्रम्प पुनः राष्ट्रपति हुनु निराशाजनक

अमेरिकी वातावरण दूतले भने- ट्रम्प पुनः राष्ट्रपति हुनु निराशाजनक

जोन पोडेस्टा अमेरिकी राष्ट्रपतिका जलवायु परिवर्तन नीतिका वरिष्ठ सल्लाहकार हुन्।


नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार १७:२३, काठमाडौँ

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी 'वातावरण दूत' जोन पोडेस्टाले राष्ट्रपतिमा डोनाल्ड ट्रम्प पुनः निर्वाचित हुनु जलवायु परिवर्तनसम्बन्धी कदम चाल्न चाहनेहरूका लागि 'धेरै निराशाजनक' भएको बताएका छन्।

जलवायु परिवर्तनका विषयमा अजरबैजानको राजधानी बाकुमा जारी कोप-२९ बैठकको पहिलो दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

उनले भनेका छन्- जनवरी महिनामा हामी राष्ट्रपतिको कुर्सीमा त्यस्ता व्यक्तिलाई देख्नेवाला छौँ, जसले हामीले वातावरण संरक्षणका लागि चालेका कदम खत्तम पार्ने र फेरि एकपटक अमेरिकालाई पेरिस सम्झौताबाट हटाउने वाचा गरेका छन्।

विश्वको तापक्रममा भएको वृद्धि रोक्ने आशमा अजरबैजानमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघको बैठक भइरहेको छ।

 जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप-२९) को मुख्य उद्देश्य वातावरणीय रूपमा हानिकारक ग्यासको उत्सर्जन रोक्न गरिब देशलाई कसरी थप पैसा जुटाउने भन्नेमा सहमतिमा पुग्नु हो।

यसले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हुने क्षतिसँग जुध्न मद्दत गर्न सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad