फुडमान्डुले आफ्नो १४औं वार्षिकोत्सव मनाउँदै फुडमान्डु वानमार्ट सार्वजनिक गरेको छ।
सन् २०१० मा स्थापना भएदेखि फुडमान्डुले अनलाइन फुड डेलिभरी सेवा सुरु गरेर ग्राहकवर्गलाई आफ्नो मनपर्ने रेस्टुरेन्टको खाना सजिलै घरमै पुर्याउँदै आएको छ। अहिले फुडमान्डु काठमाडौं, पोखरा र चितवनमा पूर्ण रुपमा स्थापित भइसकेको छ।
फुडमान्डु वानमार्टको सुरुवातसँगै अब फुडमान्डुले ग्राहकहरुलाई ग्रोसरी लगायत दैनिक आवश्यक वस्तुहरु पनि घरमै डेलिभरी गर्नेछ। अब ग्राहकहरूले फुडमान्डु एपबाट ७०० भन्दा बढी उच्च गुणस्तरीय वस्तुहरुको तुरुन्तै र भरपर्दो डेलिभरी पाउनेछन्।
हालको लागि यो सेवा गैरीधाराबाट ३ किलोमिटरको दायरा भित्र पर्ने महाराजगन्ज, धुम्बाराही, बालुवाटार र मैतीदेवी जस्ता क्षेत्रहरूमा उपलब्ध छ भने छिटै यो सेवा काठमाडौं उपत्यकाभरी विस्तार गरिने कम्पनीले जनाएको छ।
फुडमान्डुका संस्थापक तथा प्रबन्धनिर्देशक मनोहर अधिकारीले फुडमान्डुले ग्राहकवर्गको आवश्यकता अनुसार सेवालाई विकास गर्दै आएको बताए।
‘फुडमान्डु वानमार्टको माध्यमबाट हामी ग्राहकलाई दैनिक आवश्यक पर्ने हरेक दिनको किनमेललाई पनि मनपर्ने खाना अर्डर गरेजस्तै सहज बनाउन चाहन्छौँ’, उनले भने।
साथै १४ औं वार्षिकोत्सवको अवसरमा फुडमान्डुले ʻफ्यान्टास्टिक १४’ नामक सेल्स क्याम्पेनको सुरुवात गर्दै ७० प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको छ। यस क्याम्पेनमा ग्राहकहरूलाई फ्ल्याट डिस्काउन्ट, कम्बो अफर, बाई वान गेट वान डिल, क्याटेगोरी क्रन्च, फोर्टिन बाइट्स प्लेटर, फोर्टिन डेज – फोर्टिन मेगा अफर र फोर्टिन्थ आवर सेल्स जस्ता आकर्षक अफरहरू उपलब्ध हुनेछन्।
Shares

प्रतिक्रिया