ग्लोबल


ट्रम्पले आफ्नो सरकारमा मस्कलाई दिए महत्त्वपूर्ण जिम्मेवारी

ट्रम्पले आफ्नो सरकारमा मस्कलाई दिए महत्त्वपूर्ण जिम्मेवारी

फाइल तस्बिर: इलोन मस्क र डोनाल्ड ट्रम्प


नेपालखबर
कात्तिक २८, २०८१ बुधबार ९:५, काठमाडौँ

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सरकारका लागि महत्त्वपूर्ण पदमा धमाधम नियुक्ति गरिरहेका छन्। 

यसै क्रममा ट्रम्पले एक्स, टेस्ला र स्पेसएक्सका मालिक इलोन मस्क र भारतीय मूलका विवेक रामास्वामीलाई सरकारी दक्षता विभाग (डीओजीई) को प्रमुख नियुक्त गरेका छन्।

यो घोषणा गर्दै ट्रम्पले इलोन मस्कलाई ‘ग्रेट मस्क’ र विवेक रामास्वामीलाई ‘देशभक्त अमेरिकी’ भनेका छन्।

मस्क र विवेक रामास्वामीले संघीय एजेन्सीहरूको पुनर्संरचनाका साथै कर्मचारीतन्त्र, अप्रासंगिक नियम–कानुन र सरकारमा हुने अनावश्यक खर्च रोक्ने काम गर्नेछन्।

ट्रम्पले यसलाई ‘सेभ अमेरिका’अभियानका लागि आवश्यक भएको बताएका छन्।

मस्कले राष्ट्रपतीय निर्वाचनका बेला ट्रम्पको प्रचारप्रसारमा सघाएका थिए। 

यस्तै ट्रम्पले थप केही महत्त्वपूर्ण नियुक्तिलाई पनि अनुमोदन गरेका छन्।

फ्लोरिडाका सांसद माइकल वाल्ट्ज अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार र सिनेटर मार्को रुबियोलाई विदेशमन्त्री बनाइने भएको छ।

५० वर्षीय वाल्ट्ज पूर्वसैन्य अधिकारी हुन् र लामो समयदेखि ट्रम्पका समर्थक थिए। उनी अमेरिकी प्रतिनिधि सभामा पुनः निर्वाचित भएका छन्। राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्ट्जको नियुक्तिलाई सिनेटको अनुमोदन आवश्यक पर्दैन।

ट्रम्प यही नोभेम्बर ५ मा भएको चुनाव जितेर अमेरिकाको राष्ट्रपति भइसकेको भए पनि त्यहाँको प्रक्रियाअनुसार आगामी जनवरी २० देखि मात्र उनले सत्ता सम्हाल्न पाउनेछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad