अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट एफ केनेडी जुनियरलाई अमेरिकाको स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन्।
रोबर्ट एफ केनेडी जुनियरले पनि २०२४ को राष्ट्रपति चुनावमा आफ्नो स्वतन्त्र उम्मेदवारी प्रस्तुत गरेका थिए। तर पछि उनले आफ्नो समर्थन ट्रम्पलाई दिए। उनी कोभिडका लागि प्रयोग भइरहेको खोपको विरोधीका रूपमा पनि चिनिन्छन्।
सिनेटले पनि केनेडीको नाम स्वास्थ्यमन्त्रीमा अनुमोदन गरेको छ। अमेरिकी स्वास्थ्य मन्त्रालयले खाद्य र औषधि प्रशासनसहित ११ एजेन्सीको निरीक्षण गर्छ।
रोबर्ट एफ केनेडी जुनियरले एक्समा डोनाल्ड ट्रम्पलाई धन्यवाद दिँदै आफ्नो कार्यकालमा अमेरिकालाई फेरि स्वस्थ बनाउने प्रतिबद्धता जनाएका छन्।
186
Shares

प्रतिक्रिया