चीनको वुस सहरस्थित एक कलेजमा एक जना विद्यार्थीले अन्धाधुन्दा चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
स्थानीय समयअनुसार साँझ ६:३० बजे उक्सीको यिक्सिङ आर्ट्स एन्ड क्राफ्ट्स भोकेसनल एन्ड ट्रेनिङ कलेजमा उक्त घटना भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा आक्रमणकारी विद्यार्थी २१ वर्षीय पुरुष र थर सु रहेको खुलेको छ। आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको बीबीसीले जनाएको छ।
उक्त व्यक्ति यही कलेजमा पढ्थे र उनको परीक्षाको नतिजा खराब आएपछि कलेजले उनलाई डिप्लोमा दिन अस्वीकार गरेको बताइएको छ। साथै इन्टर्नसिपको पैसा कम पाएकाले पनि उनी आक्रोशित थिए।
सुले आक्रमण गरेको स्वीकार गरेका छन्।
192
Shares

प्रतिक्रिया