ग्लोबल


भारतीय गुन्डा लरेन्सका भाइ अनमोल पक्राउबारे अमेरिकाले दियो यस्तो प्रतिक्रिया

भारतीय गुन्डा लरेन्सका भाइ अनमोल पक्राउबारे अमेरिकाले दियो यस्तो प्रतिक्रिया

फाइल तस्बिर: भारतीय गुन्डा लरेन्स बिश्नोई, अभिनेता सलमान खान र लरेन्सका भाइ अनमोल


नेपालखबर
मंसिर ४, २०८१ मंगलबार ११:३०, काठमाडौँ

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले भारतीय गुन्डा नाइके लरेन्स बिश्नोईका भाइ अनमोल बिश्नोई अमेरिकामा पक्राउ परेको विषयमा प्रतिक्रिया दिएका छन्। 

बीबीसी हिन्दीका अनुसार मिलरलाई भारतीय सुरक्षा अधिकारीहरूले एफबीआई अधिकारीहरूसँग अनमोल बिश्नोईको सुपुर्दगीबारे छलफल गरिरहेको विषयमा जिज्ञासा राखिएको थियो।  

जवाफमा उनले यस विषयमा टिप्पणी गर्नु आन्तरिक सुरक्षा र एफबीआईका लागि मात्र नभएर राज्य विभागको लागि समेत उचित नहुने बताए।

मिडिया रिपोर्टअनुसार अनमोलविरुद्ध भारतीय नेता बाबा सिद्दिकीको हत्या र अभिनेता सलमान खानको घरबाहिर गोली प्रहारलगयात कैयौँ अपराधमा संलग्न रहेको आरोप लागेको छ।

उनलाई अमेरिकाको अध्यागमन विभागले गत हप्ता क्यालिफोर्नियामा हिरासतमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

हालै मुम्बईको बान्द्रा इस्टमा बाबा सिद्दिकीको हत्या भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad