ग्लोबल


कंग्रेसकै कार्यक्रममा बोल्दाबोल्दै राहुल गान्धीको माइक काटिएपछि...

कंग्रेसकै कार्यक्रममा बोल्दाबोल्दै राहुल गान्धीको माइक काटिएपछि...

राहुल गान्धी


नेपालखबर
मंसिर ११, २०८१ मंगलबार १५:१६, काठमाडौँ

भारतीय संविधान दिवसको ७५औँ वार्षिकोत्सवका अवसरमा दिल्लीको तालकटोरा रंगशालामा भारतीय कंग्रेसको कार्यक्रम भइरहेको थियो।जसमा राहुल गान्धीले सम्बोधन गरिरहेका बेला माइक काटियो। उनको माइक लामो समयसम्म बन्द रह्यो।

तर माइक ठीक भएपछि उनले भने, ‘जति मन लाग्छ माइक अफ गर, तर म बोल्छु।’

राहुल गान्धीले कंग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘दलितको कुरा गर्नासाथ माइक अफ गरिन्छ। तपाईंले मेरो माइक बन्द गरिए पनि म फेरि बोल्छु। म मेरा कुरा पूरा गरेरै छाड्छु।’ 

संविधान दिवसको अवसरमा उनले संविधानले अहिंसाको बाटो देखाएको बताए।

उनले भने, ‘संविधान सत्य र अहिंसाको पुस्तक हो। संविधानले हिंसालाई अनुमति दिँदैन। जहाँ हाम्रो सरकार आउँछ, त्यहाँ जातीय जनगणना गरिनेछ। यदि पिछडिएका वर्गको हिस्सा बढी छ भने उनीहरूको सहभागिता किन कम?’

उनले अगाडि भने, ‘तपाईंका कम्पनीका मालिक दलित वा ओबीसी  पाउनु हुन्न। म ग्यारेन्टीका साथ भन्छु कि प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान पढेका छैनन्। भारतको हजारौँ वर्षको सोच र २१औँ शताब्दीमा भारतको सामाजिक सशक्तीकरणको सत्यता, अम्बेडकरजी, फुलेजी, भगवान् बुद्ध र गान्धीजी यसभित्र छन्। तपाईं कुनै पनि राज्यमा जानुभयो भने, केरलामा नारायण गुरुजी, कर्नाटकमा बसवन्नाजी, पुणेका शिवाजी महाराज, प्रत्येक राज्यमा तपाईंले दुई-तीन नाम पाउनुहुनेछ, जसको विचार तपाईंले यो पुस्तकमा पाउनुहुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad