ग्लोबल


गौतम अदानी प्रकरणले भारतीय संसद् लगातार दोस्रो दिन स्थगन

गौतम अदानी प्रकरणले भारतीय संसद् लगातार दोस्रो दिन स्थगन

मोदी सरकारले अदानीलाई संरक्षण गरिरहेको विपक्षीको आरोप छ।


नेपालखबर
मंसिर १२, २०८१ बुधबार १३:४६, काठमाडौँ

आज (बुधबार) पनि गौतम अदानीको विषयमा भारतका दुवै सदन (लोकसभा र राज्यसभा) का बैठक दिनभरका लागि स्थगन भएका छन्। 

बुधबार प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेसले दुवै सदनमा अदानीको मुद्दामा बहसको प्रस्ताव राखेको थियो।

अदानीविरुद्ध अमेरिकामा ठगीको गम्भीर आरोप लागेको र सरकारले यसबारे बहस गर्नुपर्ने कंग्रेसको भनाइ छ।

विपक्षी दलका नेता राहुल गान्धीले संसद्‌बाहिर पत्रकारसँग भने, 'एकतिर सानातिना आरोपमा सयौँलाई गिरफ्तार गरिँदै छ, अर्कातिर सरकारले अदानीलाई बचाउने काम गरिरहेको छ।

गत हप्ता मात्र अदानीविरुद्ध आफ्नो एउटा कम्पनीलाई ठेक्का दिलाउन २५ करोड डलर घुस दिएको र यो कुरा लुकाएको आरोप लागेको थियो।

यसपछि कंग्रेसले गौतम अदानीलाई पक्राउ गर्न माग गरिरहेको छ र प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बचाइरहेको आरोप लगाएको छ। 

यसअघि मंगलबार पनि अदानीकै विषयले भारतका दुवै सदनका बैठक स्थगन भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad