चीनका रक्षामन्त्री तोङ चुन भ्रष्टाचार प्रकरणको छानबिनमा परेका छन्। पद सम्हालेको वर्षदिन नपुग्दै उनीमाथि छानबिन सुरु भएको अमेरिकी अधिकारीहरूलाई उधृत गर्दै फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ।
उनका पूर्ववर्ती रक्षामन्त्री भ्रष्टाचार काण्डमै बर्खास्त भएपछि एडमिरल तोङ डिसेम्बर २०२३ मा मन्त्री बनेका थिए।
उनी भ्रष्टाचार आरोपमा छानबिन हुने निरन्तर तेस्रो चिनियाँ रक्षामन्त्री हुन्।
यसअघिका रक्षमन्त्री ली साङ्फु पदमा नियुक्त भएको सात महिनामै बर्खास्त भएका थिए।
त्यसअघिका रक्षामन्त्री वेइ फेङ्हेमाथि पनि अवकाशपछि अनुसन्धान भएको थियो।
राष्ट्रपति सी चिनफिङले जनमुक्ति सेनामाथि अनुसन्धान गराइरहेको ती अमेरिकी अधिकारीहरूको भनाइ छ। तर, तोङमाथि कस्तो आरोप हो भन्ने स्पष्ट भएको छैन।
लाओसमा एसियाली रक्षामन्त्रीहरूको बैठकमा सहभागी भएको एक सातापछि यो खबर बाहिरिएको हो। सो बैठकमा तोङले अमेरिकी समकक्षी लोइड अस्टिनसँग भेट्न अस्वीकार गरेका थिए। एजेन्सी
Shares

प्रतिक्रिया