ग्लोबल


सिरियामा रुसको हवाइ हमला, को हुन् विद्रोही?

सिरियामा रुसको हवाइ हमला, को हुन् विद्रोही?

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १७:१३,

सिरियामा विद्रोही समूहले पुनः सरकारविरुद्ध आक्रमण सुरु गरेपछि रुसले हवाइ हमला सुरु गरेको छ। रुसले इदलिब क्षेत्रमा गरेको हमलामा केहीको ज्यान गएको बताइएको छ।

विद्रोहीहरूले हालै एलेप्पो सहर कब्जा गरेका छन्। त्यसको दक्षिणमा रहेको इदलिब र त्यसवरिपरिका क्षेत्रमा भने यसअघि नै उनीहरूको नियन्त्रण थियो।

पछिल्लो आक्रमण गर्ने समूहको नाम हायात तहरिर अल साम (एचटीएस) हो। यो पहिले फरक नाममा अल कायदाकै हिस्सा थियो।

२०११ मा जबात अल नुस्रा नामबाट यो समूहको स्थापना भएको थियो। जुन अल कायदासँग आबद्ध थियो।

यसको गठनमा इस्लामिक स्टेटका नेता अबु बकर अल बग्दादीको हात थियो। 

राष्ट्रपति बसर अल असदविरुद्ध परिचालित सो समूह निकै मानिन्थ्यो।

२०१६ मा यो समूहका नाइके अबु मोहम्मद अल जलानीले अल कायदासँग सम्बन्ध तोडेको घोषणा गरे। त्यसले उनले सो समूह विघटन गरेर हायात तहरिर अल साम गठन गरे। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad