समाज


पर्यटन मन्त्रालय सम्बद्ध सबै निकायको छपाइ प्रज्ञा छापाखानाबाट गर्ने मन्त्री पाण्डेको निर्णय

पर्यटन मन्त्रालय सम्बद्ध सबै निकायको छपाइ प्रज्ञा छापाखानाबाट गर्ने मन्त्री पाण्डेको निर्णय

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १७:१७, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका सबै निकायको छपाइसम्बन्धी काम अब प्रज्ञा छापाखानाबाट हुने भएको छ।

आइतबार मन्त्रालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयअन्तर्गतका निकाय तथा मन्त्रालयसम्बद्ध निकायहरूबाट गरिने छपाइसम्बन्धी कार्यहरू नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा छापाखानाको अधिकतम क्षमताले भ्याएसम्म सोही छापाखानाबाट मात्र छपाइ गर्ने  निर्णय गरेको हो। 

बैठकले प्रज्ञा छापाखानाको क्षमताअनुरूप गर्न सकिने छपाइका कार्यहरूको विवरण सहितको जानकारी र प्रतिष्ठानको छपाइसम्बन्धी कार्यविधि उल्लिखित सबै निकायहरूलाई प्रतिष्ठानले लेखी पठाउने निर्णय गरेको छ। 

हाल कुल क्षमताको १५ प्रतिशत चलिरहेको छापाखाना मन्त्रालयको यस निर्णयसँगै अब पूर्ण क्षमतामा सञ्चालन हुने विश्वास गरिएको छ। यो निर्णयपछि वार्षिक रूपमा १२ करोड रुपियाँ बढीको छपाइ प्रज्ञा छापाखानाबाटै हुने र राज्यको ३ देखि ४ करोड जोगिने मन्त्रालयको दाबी छ।

केही समय पहिले संस्कृति मन्त्री पाण्डेले प्रज्ञा प्रतिष्ठानको भ्रमणका क्रममा त्यहाँको छापाखानालाई पूर्ण सञ्चालनमा ल्याई प्रतिष्ठानको आय बढाउनेबारे प्राज्ञहरूसँग परामर्श गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad