ग्लोबल


दक्षिण कोरियामा राष्ट्रपतिद्वारा अचानक सैन्य शासन घोषणा

दक्षिण कोरियामा राष्ट्रपतिद्वारा अचानक सैन्य शासन घोषणा

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार २०:११,

दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले मुलुकमा सैन्य शासन लागू गरेका छन्।

देशबाट उत्तर कोरिया समर्थक शक्तिलाई हटाउन र उदार संवैधानिक व्यवस्थाको संरक्षण गर्न भन्दै उनले सैन्य शासन लागू गरेका हुन्। 

आफूसँग सैन्य शासनको विकल्प नरहेको उनको भनाइ छ। 

राति अबेर अचानक टेलिभिजन सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्। 

तर, सत्तारुढ र विपक्षी दल दुवैले उनको यो कदमलाई रोक्ने बताएका छन्। 

विपक्षी डेमोक्र्याटिक पार्टिका नेता ली जे म्युङले सैन्य शासनको घोषणा असंवैधानिक रहेको बताए।

युनकै सत्तारुढ पिपुल पावर पार्टीका प्रमुख हान दोङ हुनले पनि सो कदमको विरोध गरेका छन्। राष्ट्रपतिको कदम गलत रहेकाले त्यसलाई रोक्ने उनको भनाइ छ।

लगत्तै सेनाले संसदीय र राजनीतिक पार्टीहरूको गतिविधिमा प्रतिबन्ध लगाएको छ।

युन सुक योल २०२२ देखि दक्षिण कोरियाको राष्ट्रपति छन्। 

उनको कार्यकालमा घटित अनेक काण्डका कारण उनीप्रतिको जनसमर्थन कम छ। उनकी पत्नीले विलासी ह्यान्डब्याग उपहार लिएको देखि सेयर बजारमा चलखेल गरेको सम्मका आरोप लागेका थिए।

उपहारका सम्बन्धमा युनले गत महिना माफी समेत मागेका थिए।

पछिल्लो आम चुनावमा विपक्षी दलले भारी बहुमत ल्याएपछि युनको शासनमा अंकुश लागेको थियो। उनी आफूले चाहेको कानुन पास गर्न नसक्ने अवस्थामा पुगेका थिए। बदलामा उनले विपक्षी दलहरुले पारित गरेर ल्याएको विधेयकहरुलाई ‘भिटो’ लगाएर रोक्न थालेका थिए।

यही साता सरकारले अघि सारेको बजेट विधेयकबाट विपक्षी दलले खर्च कटौती गरिदिएको थियो। बजेट विधेयकमा भिटो पनि लगाउन मिल्दैन।

त्यस्तै, विपक्षीले केही क्याबिनेटका सदस्यहरु हटाउने प्रक्रिया पनि सुरु गरेका थिए। खासगरी प्रथम महिलामाथि छानबिन गर्न असफल भएको भन्दै सरकारी लेखापरीक्षक एजेन्सीको प्रमुखलाई हटाउने प्रयास हुँदै थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad