अर्को वर्ष दिल्लीमा हुन लागेको विधानसभा चुनावअघि भारतीय जनता पार्टी (भाजपा) का नेता प्रवेश रतन आम आदमी पार्टीमा प्रवेश गरेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार आम आदमी पार्टीका वरिष्ठ नेता मनीष सिसोदियाको उपस्थितिमा प्रवेश रतनलाई पार्टीको सदस्यता प्रदान गरिएको हो।
आम आदमी पार्टीमा प्रवेश गरेपछि प्रवेश रतनले भने, ‘केजरीवालजीको बारेमा जति बोले पनि कम नै हुन्छ, किनभने उनले दिल्लीलाई जे दिए जुन आजसम्म दिल्लीले कहिल्यै पाएको छैन। उहाँका कामबाट प्रभावित भएर म आज आम आदमी पार्टीमा सामेल हुँदै छु।’
प्रवेश रतनले आम आदमी पार्टीको सदस्यता स्वीकार गरेकामा मनीष सिसोदियाले खुसी प्रकट गरे।
उनले भने, ‘अरविन्द केजरीवालजीले गरेका काम वा उनको निर्देशनमा दिल्ली सरकारले जे काम गरेको छ, त्यसले विशेष गरी गरिब, दलित, अनुसूचित जाति र तिनका परिवारलाई मद्दत गरेको छ। जसबाट तिनका परिवारले शिक्षा, बिजुली, पानी र रोजगारी पाएका छन्। तिनै कामबाट प्रेरित भएर प्रवेश रतनजी आम आदमी पार्टीमा सामेल हुँदै छन्।’
Shares

प्रतिक्रिया