ग्लोबल


फ्रान्सका प्रधानमन्त्री बार्नियरले दिए राजीनामा

फ्रान्सका प्रधानमन्त्री बार्नियरले दिए राजीनामा

फाइल तस्बिर: फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियर


नेपालखबर
मंसिर २०, २०८१ बिहिबार २१:११, कापेरिस

फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरले संसद्‌मा अविश्वासको प्रस्तावविरुद्ध बहुमत पुष्टि गर्न नसकेपछि राजीनामा दिएका छन्।

उनले बिहीबार राष्ट्रपति इमानुएल म्याक्रोँलाई भेटी राजीनामा दिएको तर उनलाई अर्को व्यवस्था नभएसम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्न राष्ट्रपतिले आग्रह गरेका छन्। 

समकालीन फ्रान्सको सबैभन्दा छोटो सेवा गर्ने प्रधानमन्त्री बनेका बार्नियर राजीनामाको औपचारिकताका लागि स्थानीय समयानुसार बिहान ९ बजे ‘एलिसी प्यालेस’ पुगेका थिए। 

बुधबार बहुमत सांसदले वामपन्थी समूहले प्रस्ताव गरेको अविश्वासको प्रस्तावलाई समर्थन गरेका थिए। मरिन ले पेनको नेतृत्वमा रहेको गठबन्धनले प्रस्तावको समर्थनमा मत दिएको थियो। 

प्रधानमन्त्री बार्नियरले संसदीय समर्थन विनै संविधान प्रदत्त विशेष अधिकार प्रयोग गर्दै ‘सामाजिक सुरक्षा वित्तीय योजना’ विधेयकलाई पारित गर्न खोजेपछि विपक्षी चरम दक्षिणपन्थी दल नेशनल र्‍याली र वामपन्थी दल न्यु पपुलर फ्रन्टले उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए।

राष्ट्रपति म्याक्रोँले स्थानीय समयअनुसार राति ८ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको कार्यालयले जनाएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad