रुसी लेफ्टिनेन्ट जर्नेल इगोर किरिलोव मस्कोमा मारिएका छन्। मुलुक आणविक, जैविक, रासायनिक रक्षा फौजका प्रमुख रहेका उनको हत्याको जिम्मा युक्रेनले लिएको छ।
किरिलोव र उनका एक सहयोगी अपार्टमेन्ट भवनबाट बाहिरिँदै गर्दा नजिकै राखिएको स्कुटर विस्फोट भएको थियो।
क्रेमलिनबाट ६.५ किमि टाढाको मस्कोको दक्षिणपूर्वी इलाकामा सो घटना भएको थियो।
स्कुटरमा ३०० ग्राम टीएनटी बराबरको विस्फोटक पर्दार्थ राखिएको रुसी सञ्चारमाध्यमहरूले जनाएका छन्।
युक्रेन युद्धमा उनको भूमिकालाई लिएर किरिलोवलाई बेलायत, क्यानडालगायत मुलुकले प्रतिबन्ध लगाएका छन्। एजेन्सी
252
Shares

प्रतिक्रिया