ग्लोबल


पुटिनको दाबी : रुसी हतियारलाई पश्चिमले रोक्न सक्ने सम्भावनै छैन

पुटिनको दाबी : रुसी हतियारलाई पश्चिमले रोक्न सक्ने सम्भावनै छैन

नेपालखबर
पुस ४, २०८१ बिहिबार १६:३१,

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमले रुससँग आधुनिक हतियारमा प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन्।

नयाँ वर्षअघिको लामो वार्षिक पत्रकार सम्मेलनमा प्रश्नहरूको जवाफ दिँदै उनले पश्चिमलाई आफ्नो नयाँ क्षेप्यास्त्र ओर्सेनिकलाई रोकेर देखाउन चुनौती पनि दिए।

नोभेम्बरमा सो क्षेप्यास्त्र रुसले युक्रेनमा प्रहार गरेको थियो। 

‘एउटा परीक्षण गरौँ न। उनीहरूलाई किभमा एउटा निसाना रोज्न लगाऔँ अनि त्यहाँ उनीहरू (पश्चिमा)को हवाइ तथा क्षेप्यास्त्र प्रतिरोधी प्रणाली जम्मा गर्न लगायौँ। त्यसपछि हामी ओर्सेनिक क्षेप्यास्त्र प्रहार गर्नेछौँ। के हुन्छ, थाहा भइहाल्छ। त्यस्तो परीक्षणका लागि हामी तयार छौँ,’ पुटिनले भने।

सो क्षेप्यास्त्र आवाजको गतिभन्दा १० गुणा तीव्र गतिमा उडेको यसअघि पुटिनले बताएका थिए।

उनले रुसमाथि खतरा उत्पन्न गर्ने मुलुकमाथि आणविक हतियार प्रहार गर्ने अधिकार आफूसँग रहेको दाबी पनि गरे। 

पुटिनले रुसको अर्थव्यवस्था स्थिर रहेको बताएका छन्। यो वर्ष ३.९ प्रतिशतका दरले आर्थिक वृद्धि हुने उनको भनाइ छ।

यद्यपि, मुद्रास्फिति बढेर ९ प्रतिशत पुग्नु चिन्ताको विषय भएको उनले बताए।

क्रय शक्ति समताका आधारमा रुस विश्वमै चौथो स्थानमा रहेको उनले उल्लेख गरे। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad