ग्लोबल


बंगलादेशको भ्रष्टाचार काण्डमा मुछियो बेलायती मन्त्रीको नाम

बंगलादेशको भ्रष्टाचार काण्डमा मुछियो बेलायती मन्त्रीको नाम

नेपालखबर
पुस ४, २०८१ बिहिबार १७:५,

बंगलादेशमा शेख हसिनाको सरकारले झण्डै एउटा परियोजनामा झण्डै ४ अर्ब पाउन्ड घोटाला गरेको आरोपमा बेलायती मन्त्रीको नाम पनि मुछिएको छ।

शेख हसिनाकी बहिनी रेहानाकी छोरी ट्युलिप सिद्दिक अहिले बेलायती ट्रेजरीको इकोनोमिक सेक्रेटरी छिन्। उनी बेलायतको वित्त बजारमा हुने भ्रष्टाचार निवारणका लागि जिम्मेवार छिन्। 

तर, उनैले २०१३ मा बंगलादेशमा रुसको सहयोगमा आणविक भट्टी स्थापनाका लागि सम्झौता गराएको आरोप लागेको छ। जसमा १ अर्ब पाउन्ड सरकारी रकम व्यक्तिको हातमा पुगेको आरोप छ।

ट्युलिपकी ठूलीआमा हसिनाले गरेको भनिएको भ्रष्टाचार प्रकरणमा बंगलादेशको भ्रष्टाचारविरोधी आयोगले गरेको छानबिनमा उनको नाम मुछिएको हो।

यो छानबिन बबी हजाज नामक हसिनाका विरोधीको आरोपपछि सुरु गरिएको थियो। जसअन्तर्गत शेख रेहानासहित अन्य सरकारी अधिकारीमाथि छानबिन भइरहेको छ।

करिब २० वर्ष बंगलादेश शासन चलाएकी हसिना हाल भागेर भारत पुगेकी छन्। त्यसयता उनीविरुद्ध कयौँ अपराधको आरोप लगाइएको छ र पक्राृ पुर्जी जारी गरिएको छ।

हसिनाको पार्टीले भने ती आरोपहरू नक्कली भएको दाबी गरेको छ।

२०१३ मा रूपपुर पावर प्लान्ट सम्बन्धी सम्झौता हुँदा प्रधानमन्त्री शेख हसिना र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै उभिएर ट्युलिपले पनि तस्बिर खिचाएकी थिइन्। सो परियोजना १० अर्ब पाउन्डमा निर्माण गर्ने सम्झौता भएको थियो। तर, त्यसको लागत १ अर्ब पाउन्डले बढाइएको आरोप छ। 

सो १ अर्ब पाउन्डमध्ये ३० प्रतिशत ट्युलिप र परिवारका अन्य सदस्यमाझ बाँडिएको आरोप हजाजले लगाएका छन्। हजाजले परियोजनाबाट जम्मा ३.९ अर्ब पाउन्ड भ्रष्टाचार भएको आरोप लगाएका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad