ग्लोबल


अमेरिकामा एकैचोटि १५ जना किच्ने ट्रकका चालकको तस्बिर सार्वजनिक

अमेरिकामा एकैचोटि १५ जना किच्ने ट्रकका चालकको तस्बिर सार्वजनिक

ट्रक चालक शमसुद्दिन जब्बार


नेपालखबर
पुस १८, २०८१ बिहिबार १५:२०, काठमाडौँ

अमेरिकाको न्यु अर्लिन्सस्थित बोर्बोन स्ट्रिटमा १५ जना मर्नेगरी मानिसको भीडभित्र पसेको ट्रकका चालकको तस्बिर सार्वजनिक भएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार बुधबार भएको सो दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने कम्तीमा ३५ जना घाइते भएका छन्।

उक्त घटना अनुसन्धान गरिरहेको अमेरिकी अनुसन्धान एजेन्सी (एफबीआई) ले आरोपित चालकको तस्बिर सार्वजनिक गरेको हो। 

सार्वजनिक तस्बिरका व्यक्ति ४२ वर्षीय पूर्वसैनिक शमसुद्दिन जब्बार हुन्। उनी टेक्सासका बासिन्दा भएको बीबीसीले जनाएको छ। 

घटनालगत्तै प्रहरीले हानेको गोली लागेर ट्रक चालक शमसुद्दिनको पनि मृत्यु भइसकेको जनाइएको छ। 

एफबीआईले मानिस किच्ने ट्रकमा चरमपन्थी संगठन आईएसको झण्डा भेटिएको बताएको छ। साथै हतियार पनि बरामद भएको छ।

घटनामा अन्य कोही संलग्न थिए वा थिएनन् भन्नेबारे अनुसन्धान एजेन्सीले अनुसन्धान गरिरहेको छ।

अभियुक्तले किन आक्रमण गरे भन्ने खुल्न सकेको छैन। यस विषयमा पनि अनुसन्धान जारी छ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले आक्रमणकारी चरमपन्थी संगठन आईएसबाट प्रभावित व्यक्ति भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad