क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले केही दिनमै आफ्नो पदबाट राजीनामा घोषणा गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
मिडिया रिपोर्टअनुसार ट्रुडोले सत्तारुढ लिबरल पार्टीको नेताको पद त्याग्नेबारे सोचिरहेका छन्। ट्रुडो ९ वर्षदेखि क्यानडाको प्रधानमन्त्री छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार राजीनामा कहिले घोषणा गर्ने भन्ने बारे अन्तिम निर्णय भने भइसकेको छैन।
धेरै महिनादेखि ट्रुडोलाई आफ्नै पार्टीका सांसदहरूले राजीनामा दिन दबाब दिइरहेका छन्। गत महिना उनका अर्थमन्त्रीले पदबाट राजीनामा दिएका थिए।
ओपिनियन पोलका अनुसार लिबरल पार्टी कन्जरभेटिभभन्दा निकै पछाडि छ।
'द ग्लोब एन्ड मेल' समाचारका अनुसार ट्रुडोले बुधबार पार्टी ककसको बैठकअघि राजीनामा दिने आफ्नो इच्छा व्यक्त गर्ने सम्भावना छ।
आफ्नो पार्टीका सांसदहरूले उनलाई बाहिरको बाटो देखाउन चाहन्छन् भन्ने धारणाबाट जोगिनका लागि राजीनामा दिने इच्छा घोषणा गर्न सक्छन्।
तर लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म ट्रुडो प्रधानमन्त्रीका रूपमा रहने वा नरहने भन्ने अझै स्पष्ट भइसकेको छैन।
Shares

प्रतिक्रिया